म्याग्दी बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संघको अध्यक्षमा अर्जुन पौडेल 

  म्याग्दी न्युज संवाददाता

म्याग्दी। म्याग्दी बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संघको अध्यक्षमा अर्जुन पौडेल चयन हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न संघको तेस्रो साधारण सभा तथा अधिवेशनबाट पौडेलको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो ।  समितिको उपाध्यक्षमा देवेन्द्र पौडेल, सचिबमा प्रभा ढुंगाना, कोषाध्यक्षमा सुमित्रा थजाली र सहसचिबमा शैलेश श्रेष्ठ चयन हुनुभएको छ। त्यसैगरि सदस्यहरुमा हरिकृष्ण गौतम, कृष्ण जिसी, जीवन मल्ल, सन्दिप खत्री, प्रेम नेपाली, सारदा शर्मा, भिमनाथ शर्मा, मिन परियार, इन्द्र बरुवाल लगायत रहनुभएको छ ।

संघका कार्यवाहक अध्यक्ष कल्पना खड्काको अध्यक्षतामा भएको साधारणसभाको जिल्ला समन्य समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष पौडेलले जिल्लाकै शैक्षिक धरोहरको रुपमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययन गरेर विभिन्न पेशा, व्यवसायमा आबद्ध र देश विदेशमा पुगेकाहरुलाई गोलबद्ध गरेर क्याम्पसको शैक्षिक क्षेत्रमा सघाउ पु¥याउन सकरात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार