बेनी । म्याग्दीको मालिका गाउँपालिका -४,ओखरबोट स्थित तामाखानी युवा क्लबद्वारा आयोजित दिपावली मेला विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम अन्तर्गत जारी पुरुष भलिबल खेलमा छापखानी युवा क्लब र लालीगुराँस युवा क्लब फाइनल प्रवेश गरेका छन् ।
आइतबार सम्पन्न सेमिफाइनल खेलमा छापले सोले युवा क्लबलाई र लालीगुराँस युवा क्लबले दुरदर्सन मुनज्योती युवा क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।
पुरुष भलिबलको फाइनल खेल सोमबार हुनेछ ।
यसैगरी , फाइभ ए साइड फुटसलतर्फ छहारी युवा क्लब , नमुना एफसी ए र बी तथा बुढा युनाइटेड युवा क्लब सेमिफाइनल प्रवेश गरेका छन् । क्लब कोषाध्यक्ष पारस पुनका अनुसार , फुटसलतर्फ २३ ,भलिबलतर्फ १५ र महिला भलिबल तर्फ ७ टीमले दर्ता गराएका छन् । बिजेता टीमल पुरुष भलिबल र फुटसलतर्फ समान पचास हजार रुपैयाँ नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र हात पार्नेछन् ।
भने उपबिजेता दुबै टीमले तीस हजार रुपैयाँ नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने सचीव जिता पुन मगरले बताउनुभयो ।त्यसैगरी , महिला भलितर्फ बिजेता र उपबिजेताले क्रमशः २५ हजार र १२ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्नेछन् । सोमबार दिपावली मेला सम्पन्न हुनेछ ।