काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन हुने बताउनुभएको छ।
नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनको ३५ औं स्थापना दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले भारत लगायतका देशहरुमा पनि यही व्यवस्था रहको बताउनुभयो।
उहाँले अगाडि भन्नुभयो, ‘संविधान संशोधन किन भनिरहेका छन् । उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने खास हाम्रो सल्लाह भएर नै संविधान संशोधन भनिएको हो ।’
सरकार गठनका क्रममा कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिमा संविधान संशोधनको विषय समेत उल्लेख छ ।
कांग्रेस सभापति देउवाले प्रजातन्त्रबिरुद्ध हुने गरी संविधान संशोधन नहुने स्पष्ट पार्नुभायो। उहाँले भन्नुभयो, प्रजातन्त्रलाई कमजोर बनाउने कुरा मै मान्दिनँ। धेरै लडेको मान्छे हो, प्रजातन्त्रको लागि, जेल परेको मान्छे हो । प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रजातन्त्रको लागि लडेको मान्छे हो ।’ अनलाईन खबर