दशरथ रंगशालामा फागुनमा हुँदैछ चार देश सम्मिलित अन्तर्राष्ट्रिय प्रतिस्पर्धा

  म्याग्दी न्युज संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी फागुनमा चार देश सम्मिलिन अन्तर्राष्ट्रिय महिला आमन्त्रण फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

दशरथ रंगशालामा फागुन ५ देखि हुने प्रतियोगितामा नेपालको महिला राष्ट्रिय टोलीसहित किर्गिस्तान, लेवनान र म्यानमारबीच प्रतिस्पर्धा हुनेछ।

एन्फाका अनुसार फागुन १४ सम्म सञ्चालन हुनेछ।

खेलहरु फिफा विन्डोमा हुन लागेको हुनाले सबै खेलले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नेछन्।

यसअघि नेपालमा गत कात्तिकमा साफ महिला च्याम्पिनसिपमा भएको थियो।

दशरथ रंगशालामा भएको प्रतियोगितामा नेपाल फाइनल पुगे पनि बंगलादेशसँग पराजित भएको थियो। सेतोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार