म्याग्दी मिडिया सोसाईटी अध्यक्षमा विश्वकर्मा

  धनिलाल गर्बुजा

म्याग्दी । म्याग्दीमा क्रियाशिल पत्रकारहरुद्वारा संचालित संचारमाध्यमहरुको साझा संस्था म्याग्दी मिडिया सोसाईटीको अध्यक्षमा अमित विश्वकर्मा चयन हुनुभएको छ ।  सोसाईटीको शुक्रबार साँझ बेनी नगरपालिका -४, सिंगा स्थित हरियाली ग्रुपको सभाहलमा सम्पन्न आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट विश्वकर्मा अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो ।कार्यसमितिको उपाध्यक्षमा साधन राम्जाली , सचीवमा राकेश शर्मा , कोषाध्यक्षमा ठाकुरप्रसाद आचार्य ,सदस्यहरूमा प्रताप बानियाँ लगायत रहनुभएको छ । विश्वकर्मा यस अघि संस्थाको सचीव पदमा हुनुहुन्थ्यो । संस्थाको सल्लाहकारहरुमा निवर्तमान अध्यक्ष कमल खत्री र निवर्तमान उपाध्यक्ष एवं पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतम रहनुभएको छ । अधिवेशनको नगर प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको थियो ।

वि.स. २०७४ मा म्याग्दीबाट सञ्चालित सञ्चार माध्यमका सञ्चालकहरुले थालेको म्याग्दी मिडिया सोसाइटीले वि.स. २०७५ देखि वर्षमा एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको कोषाध्यक्ष ठाकुर प्रसाद आचार्यले बताउनुभयो ।

यो पनि …

मिडिया सोसाईटी अवार्ड पत्रकार कमल खत्रीलाई

दुई लाख रुपैयाँको अक्षयकोषको ब्याजबाट जिल्लाका एक जना पत्रकारलाई पुरस्कृत गर्ने मापदण्ड बनाएको छ ।सोही पुरस्कार यस वर्ष निवर्तमान अध्यक्ष खत्रीलाई प्रदान गरिएको छ । यसअघि , धिरन खत्री ,ठाकुरप्रसाद आचार्य, अमित विश्वकर्मा, प्रताप बानियाँ, हरिकृष्ण गौतम, सन्तोष गौतम सम्मानित भइसक्नुभएको छ । यसैगरी अधिवेशनबाट अमीत विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा साधन राम्जाली , सचीवमा राकेश शर्मा , कोषाध्यक्षमा ठाकुरप्रसाद आचार्य ,सदस्यहरूमा प्रताप बानियाँ लगायत रहनुभएको छ ।

सोसाइटीले स्थानीय तह र जिल्लाका कार्यालयले सञ्चार माध्यमलाई बिनियोजन गरेका बजेट स्थानीय सञ्चार माध्यममार्फत परिचालन, सार्वजनिक सुनुवाइ, वृत्तचित्र निर्माण र पत्रकारिता तालिम सञ्चालन गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार