खो खो विश्वकप : नेपाली पुरुष टिम पनि उपविजेतामै

  म्याग्दी न्युज संवाददाता

काठमाडौँ ।नेपालको पुरुष टिमले पनि नयाँ दिल्लीमा भएको प्रथम खो–खो विश्वकप प्रतियोगितामा उपविजेतामै चित्त बुझाएको छ ।

इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा भर्खरै सम्पन्न फाइनलमा नेपाली टिम आयोजक भारतसँग पराजितपछि दोस्रो स्थानमै खुम्चिएको हो । नेपालले ५४–३६ स्कोरले पराजित भएको हो ।

केहीबेर अघि सम्पन्न महिलातर्फको फाइनलमा पनि नेपाली टिम भारतसँग नै पराजित भएको थियो । भारतले फाइनल खेल ७८–४० ले जितेको थियो । कान्तिपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार