च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका-४, च्युरीबोट स्थित सोले डाँडा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहिवार सम्पन्न वार्षिक साधारणसभाको मालिका गाउँपालिका उपाध्यक्ष एवं सहकारीकी संस्थापक अध्यक्ष लक्ष्मी देवी घर्ती मगर पुनले उद्घाटन गर्नुभयो ।
उपाध्यक्ष घर्ती मगर पुनले सहकारीले कृषि र उद्यम क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । गाउँपालिकाले उत्पादन क्षेत्रलाई प्राथमिकता दिएको उहाँको भनाइ थियो ।महिलाहरु उद्यमी बन्नुपर्ने र आर्थिक पक्ष बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा निवर्तमान वडा अध्यक्ष दिलिपकुमार शेरचन , समाजसेवी गोकुल घर्ती मगर , चुडामनी सापकोटा , रसमाया घर्ती , सरिमा पुनले सहकारीका सदस्यहरुले संस्थालाई थप व्यवस्थित गराउनका लागि सक्रिय हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।
सहकारी अध्यक्ष सीता गौतमका अनुसार ,कुल पाँच सय १ जना शेयर सदस्य संख्या रहेको सहकारीको कुल पूँजी रकम एक करोड ७५ लाख २८ हजार ८९७ रुपैयाँ, कुल ऋण लगानी एक करोड ५३ लाख ७० हजार पाँच सय रुपैयाँ रहेको छ । भने शेयर पुजी रकम ५७ लाख २४ हजार रहेको छ । त्यसैगरी बचत रकम ७६ लाख ७५ हजार दुई सय एक रुपैयाँ रहेको छ । यसैगरी उत्कृष्ट मासिक , आवधिक र खुत्रुके बचतकर्ताहरूलाई नगद सहित सम्मान गरिएको थियो । कोषाध्यक्ष लालमाया पुनले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारी सञ्चालक समिति सचीव बुद्धिसरा घर्ती मगरले संचालन गर्नुभएको कार्यक्रममा प्रबन्धक सिर्जना गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सिद्धार्थ माविका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।