![](https://myagdinews.com/wp-content/uploads/2025/02/inbound7075751268507522900.jpg)
काठमाडौं । गिरीबन्धु टी स्टेट्ससम्बन्धी जग्गाको फैसला कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता भएको छ ।
अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धीसम्बन्धी सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेको, फैसला कार्यान्वयनमा अवरोध गरेको भनी अवहेलनाको निवेदन दर्ता गर्नुभएको हो ।
उहाँले केही दिनअघि जारी भूमीसम्बन्धी अध्यादेश जारी गर्ने कदमलाई पनि अदालतको अवहेलनामा कारबाही हुने आधारका रुपमा प्रस्तुत गर्नुभएको छ । अनलाईन खबर