
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–५,मल्कबाङमा निशुल्क दन्त शिविर सम्पन्न भएको छ । मालिका गाउँपालिका–६,दरबाङमा सञ्चालित दरबाङ पोलिक्लिनिक एण्ड प्याथ ल्याब प्रा.लि.को आयोजनामा संचालित शिविरमा ३१ जनाले सेवा लिएका छन् ।
पोलिक्लिनिकका सञ्चालक अभिषेक जिसीका अनुसार , शनिबार सञ्चालित शिविरमा ३१ जना मध्ये १९ जनाको दाँत निकालिएको छ ।भने अन्यलाई जाँच गरेर निशुल्क औषधी वितरण गर्नुका साथै दाँत सम्बन्धी परामर्श दिइएको छ ।
शिविरमा डाक्टर प्रकाश उपरकोटी ,सञ्चालक जिसी ,मल्कबाङ स्वास्थ्य चौकी प्रमुख रुपक गिरी लगायतले सेवा दिनुभएको थियो । यसैगरी कार्यक्रममा वडा अध्यक्ष अमर छन्त्याल , वडा सदस्य दिपा विक,समाजसेवी भीम छन्त्याल र दलमान छन्त्याल लगायत स्थानीयको सहभागिता रहेको थियो ।
मल्कबाङ जिल्लाकै दुर्गम मध्ये एक गाउँ हो । दुर्गम गाउँका नागरिकलाई लक्ष्यित गरेर निशुल्क शिविर सञ्चालन गरिएकोे पोलिक्लिनिकका प्रवन्धक निर्देशक जिसीको भनाइ छ । यस पोलिक्लिनिकले यसअघि पनि विभिन्न गाउँमा पुगेर पनि विभिन्न शिविर सञ्चालन गरिसकेको छ ।