काठमाडौैंको तीनकुनेमा राजावादीको आगजनीमा परी पत्रकार रजकको मृत्यु

  म्याग्दी न्युज संवाददाता

काठमाडौं । काठमाडौं स्थित तीनकुनेमा राजावादी समर्थन प्रदर्शनकारीले आगजनी गरेको भवनमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भएको छ ।शुक्रबार  एभिन्यूज टेलिभिजनका फोटो पत्रकार रजक सो भवनको छतबाट दृश्य खिचिरहेका बेला आगलागीमा पर्नुभएको थियो ।

उक्त भवनमा प्रहरी बसेको आरोप लगाउँदै राजावादी समर्थन प्रदर्शनकारीले भवनमा आगो लगाएका थिए, जसका कारण उहाँ जिउँदै जल्नुभएको हो ।आगलागीपछि भवनबाट उहाँको जलेको शव फेला परेको छ । उहाँको शव नचिनिने अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ । प्रहरीसँग झडपपछि प्रदर्शनकारीहरूले उक्त मार्बल हाउसमा आगजनी गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार