बेनीमा नेकपा एमालेको जागरण सभा

  म्याग्दी न्युज संवाददाता

बेनी । नेकपा एमाले म्याग्दीले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा जागरणसभा गरेको छ । सोमबार पार्टी कार्यालय हाडेभिरबाट मोटरसाइल ¥याली सहित बजार परिक्रमा गरेपछि विरेन्द्रचोकमा जागरण सभाको आयोजना गरिएको थियो ।चैत १५ गते राजावादीले राजधानीमा गरेको तोडफोड, आगजनी, लुटपाटको विरोध गर्दै एमालेले बेनीमा जनप्रदर्शन सहित जागरण सभाको आयोजना गरेको जिल्ला कमिटीका अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।


पार्टी कार्यालय हाँडेभीरबाट नेता तथा कार्यकर्ता सहितको मोटरसाइकल ¥यालीले मंगलाघाट, न्युरोड, अस्पतालचोक हुँदै गणेशटोल, संगमचोक, बालमन्दिरचोक हुँदै वीरेन्द्रचोकमा पुगेर जागरणसभामा परिणत भएको थियो ।सभालाई एमाले पोलिटब्युरो सदस्य थममाया थापा, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज भेपेन्द्रबहादुर थापाले सम्बोधन गर्दै राजतन्त्र पुनः फर्कन असम्भव भएको बताउनुभयो । प्रतिगमनकारीले टाउको उठाउन थालेकाले जनता जागरुक हुनुपर्ने उहाँहरुको भनाई थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार