अन्नपूर्ण हिमालमा हिउँपहिरो जाँदा दुई जना शेर्पा वेपत्ता

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुई जना शेर्पा वेपत्ता भएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाँउपालिका–४ को भूगोलमा पर्छ ।

क्याम्प दुई र तीनको बीचमा हिउँ पहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा सोमबार बिहान देखि हराइरहेका सेभेट समिट ट्रेकीङका सञ्चालक निङ्मा शेर्पाले बताउनुभयो । उनिहरु सेभेन समिट मार्फत पर्वतारोहीहरुलाई अन्नपूर्ण हिमाल आरोहण गराउन गएका थिए ।

आधार शिविरमा रहेका अन्य शेर्पाहरु हराएकाको खोजीमा जुटेका र काठमाडौबाट उद्धारको टोलीलाई हेलिकप्टरमा पठाएको सेभेन समिटका सञ्चालक शेर्पाले बताउनुभयो ।

पर्यटन विभागका अनुसार बसन्तयामका लागि चार समुहका ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार