रघुगंगाको पञ्चासेका अम्बरबहादुर खत्री १६ दिनदेखि सम्पर्क विहिन ,खोजी गरिदिन आग्रह

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२,स्थित पञ्चासेका स्थानीय अन्दाजी ६० वर्षिय अम्बरबहादुर खत्री लामो समयदेखि सम्पर्कविहिन हुनुभएकोछ । उहाँका आफन्त हर्कबहादुर जिसीका अनुसार , खत्री चैत २३ गते बिहान घरबाट निस्कनुभएको थियो । लामो समयसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजीकार्यमा सहयोग गर्न अपिल गरेको छ । आफन्तले खोजी गरिदिन आग्रह गर्दै प्रहरीमा समेत निवेदन दिएका छन् । खत्रीलाई भेट्नुहुने वा देख्नुहुनेले ९८५७६५२५१२ र ९८४७६२७००९ नम्वरमा खबर गरिदिन परिवारले आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार