कास्की । गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार बिहान कास्कीको पोखरा महानगरका १९ जना सहित गण्डकी प्रदेशमा ४९ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय २८ पुगेको छ ।
निर्देशनालयका अनुसार पोखरामा संक्रमण पुष्टि हुनेमा पश्चिमान्चल सामुदायिक अस्पताल पोखरामा कार्यरत स्टाफनर्स पोखरा–१५ की २३ बर्षीय महिला, सोहि अस्पतालमा उपचाररत पोखरा –३२ का ५० बर्षीय पुरुष , पोखरा महानगरपालिका–१९ का २२ बर्षीय प्रहरी, पोखरा ५ की १७ वर्षीया महिला र ४५ वर्षीय पुरुष तथा पोखरा – ८ का ९ वर्षका बालकसहित ६ पुरुष र ८ वर्षकी बालिकासहित ७ महिला रहेका छन् ।
त्यसैगरी बागलुङका ३ पालिकाका ३ महिला र ६ पुरुष, स्याङजा पुतलिबजारका ५ महिला तथा ७ पुरुष, तनहुँ भिमादका ३ पुरुष, नेपाल प्रहरीमा कार्यरत पर्वतका २८ वर्षीय पुरुष तथा नवलपुरका २ पालिकाका २ र ४ वर्षका बालक तथा ३ महिलामा पनि कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।बागलुङ्ग जैमिनीका ५१ बर्षीय महिला पोखराको फेवासिटी अस्पतालमा उपचाररत रहेको र अन्य सबै विदेशबाट आएर क्वारेन्टाइनमा रहेको निर्देशनालयले जनाएको छ ।