विद्यार्थीद्धारा सन्देशमुलक नाकट प्रर्दशन

बेनी बुधबार फागुन १ गते । बेनीको गणेशटोलमा रहेको लिटिल गार्डेन एकेडेमिका विद्यार्थीहरुले बुधबार वातावरण र बेनी लगायत तटीय क्षेत्रका बस्तीहरुको संरक्षणका लागि सन्देशमुलक सडक नाटक प्रर्दशन गरेका छन् ।

बेनी लगायत म्याग्दीका तटीय क्षेत्रका बस्तीहरुको संरक्षणमा सरोकारवालाहरुको ध्यानाकर्षण गराउने प्ले कार्ड बोकेर बजार परिक्रमा गरेपछि क्याम्पस चोकमा पुगेका लिटिल गार्डेनको कक्षा ७ मा अध्ययन गर्ने विद्यार्थीहरुले नाटक प्रस्तुत गरेका थिए ।

नाटकको माध्यमबाट बालबालिकाहरुले नदी किनारमा फोहोर नगर्न र वातावरणीय सरसफाईमा ध्यान दिनुपर्ने सन्देश दिने प्रयास गरेका छन् । विद्यार्थी अस्मी परियारको नेतृत्वमा नाटक देखाइएको थियो ।

यसअघि गत हप्ता कक्षा ४ का विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा जातीय छुवाछुत तथा भेदभाव विरुद्धको सन्देशमुलक नाटक प्रर्दशन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार