कोरोना संक्रमणबाट मोरङमा २ जनाको मृत्यु

मोरङ । कोरोना भाइरस संक्रमित दुई जनाको मोरङमा मृत्यु भएको छ। विराटनगरका एक पुरुषको होम आइसोलेसनमा र उर्लाबारीका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

विराटनगर महानगरपालिका–९ का ७८ वर्षीय वृद्धको आइतबार बिहान ८ बजेतिर होम आइसोलेसनमा मृत्यु भएको महानगरपालिकाले जनाएको छ। ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या भएपछि पिसिआर परीक्षण गराउँदा शनिबार रिपोर्ट पोजिटिभ आएको र वृद्धलाई घरमै होम आइसोलेसनमा राखिएको महानगरपालिकाले जनाएको छ।

उर्लाबारी नगरपालिका–५ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार राति ११ बजेतिर मृत्यु भएको नोबेल शिक्षण अस्पतालले जनाएको छ। पेट दुख्ने, वान्ता हुने, ज्वरो आउने, छात्ती दुख्नेलगायतका समस्या भएपछि मंसिर ४ गते अस्पताल भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।

अस्पताल भर्ना भएसँगै गरिएको पिसिआर परीक्षणको रिपोर्ट ५ गते रिपोर्ट पोजिटिभ आएको थियो। कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरिएका उपचार भइरहेको थियो। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार