सरकारले गर्यो १७ सचिवको सरुवा

काठमाडौं । सरकारले १७ सचिवको सरुवा गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेशकुमार अधिकारीको निर्वाचन आयोगमा सरुवा भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तोयम रायाको अख्तियारमा सरुवा भएको छ ।

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुरेश आचार्यलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरेको छ भने पुननिर्माणमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव मणिराम गेलाललाई ल्याएको छ । नेपाल ट्रस्टका देवेन्द्र कार्कीलाई सतर्कता केन्द्र सरुवा गरेको छ ।

निर्वाचन आयोगकी सचिव देवकुमारी गुरागाईँलाई उपराष्ट्रपतिको कार्यालयमा पठाइएको छ भने उपराष्ट्रपति कार्यालयका सचिव केदार न्यौपानेलाई युवा तथा खेलकुद मन्त्रालय पुर्याइएको छ।

त्यसैगरी शिक्षा मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई ल्याइएको छ भने शिक्षा सचिव गोपीनाथ मैनालीलाई वित्त आयोग सरुवा गरिएको जान मानेका छैन। आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ। भूमी सचिव टेकनारायण पाण्डेलाई सार्वजनिक खरिद अनुगमन कार्यालय पठाइएको छ ।

प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय (उद्योग) सचिवमा ल्याइएको छ भने भट्टराईको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (अतिरिक्त)का सचिव सुमन अर्याललाई पठाएको छ ।

वाणिज्य सचिवको जिम्मेवारी लोक सेवा आयोगका सचिव अर्जुन पोखरेललाई दिइएको छ। आयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईँलाई पठाइएको छ भने वाणिज्य सचिव वैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव सूर्यप्रसाद गौतम श्रम मन्त्रालयमा सरुवा भएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार