काठमाडौँ । म्याग्दीमा भुकम्पको धक्का महसुस भएको छ ।लमजुङकाे भुलभुले केन्द्रबिन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा ५ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
म्याग्दी सहित कास्की ,गोरखा ,तनहुँ ,काठमाडाैं, धादिङ, नुवाकोट, मुस्ताङ लगायतका जिल्लामा धक्का महसुस भएको छ । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी आएको छैन ।