काठमाडौं । सरकारले सातै प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) महामारीको बढ्दो जोखिमसँग जुध्न बालबालिकाको उपचार गर्न छुट्टै स्थानमा अस्पताल र आईसीयू निर्माण गर्ने भएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले सो जानकारी दिनुभयो । ‘सबै प्रदेशमा अस्पताल स्थापना र आईसीयू व्यवस्थापन गर्न तयारी गरेका छौं’ उहाँले भन्नुभयो ।
मन्त्री तामाङका अनुसार ती ३९६ वटा अस्पतालको निर्माण तत्कालै सुरु हुनेछ । असार भित्र सबै अस्पतालको टेन्डर प्रकृया अघि बढाएर आउने वर्षभित्र अस्पताल निर्माण प्रकृया शुरु गर्ने उहाँले बताउनुभयो । नागरिक खबरबाट