सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं । स्वास्थ्य मन्त्रालयले सबै तहका परीक्षाहरु स्थगित गर्न सीसीएमसीलाई सिफारिस गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वविटमार्फत सो जानकारी दिनुभएको हो  ।कोभिड–१९ संक्रमण फैलदै गएको परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति मन्त्रालय संवेदनशील रहेको मन्त्री श्रेष्ठले उल्लेख गर्नुभएको छ ।

https://publish.twitter.com/?url=https://twitter.com/MohpStateMin/status/1423624484083232768

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकार गराउँछु,’ उहाँले लेख्नुभएको छ ।यसबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक समेत बोलाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार