सांसद शेरबहादुर तामाङद्धारा मेलम्ची र हेलम्बुलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग

काठमाडौं । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले बाढी र पहिरोबाट अत्यधिक प्रभावित सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्र संकटग्रस्त घोषणा गर्न माग गर्नुभएको हो ।

सो क्षेत्रमा राहतको नाममा एक गेडा चामल र छतको नाममा एउटा टेन्ट पनि नपुगेको सांसद तामाङले बताउनुभयो। उहाँले भन्नुभयो, ‘उद्धार, राहत र पुनस्र्थापनाको प्याकेज छिटो भन्दा छिटो शुरु गर्नुपर्छ ।’ अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार