बिममा माओवादी केन्द्रको वडा कमिटी गठन

बेनी । म्याग्दीको मालिका गाउँपालिका– ७ विममा सोमबार होमबहादुर जुग्जालीको अध्यक्षतामा नेकपा माओवादी केन्द्रको वडा कमिटी गठन भएको छ । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीको उपस्थितमा भएको प्रथम वडा अधिबेशनबाट २९ सदस्यीय कमिटी भएको हो ।

कमिटीको उपाध्यक्षमा सरु श्रीपाली, सचिवमा टंकलाल शर्मा, सह–सचिवमा देबराज जुग्जाली र कोषाध्यक्षमा याम बहादुर जुग्जाली रहनुभएको छ । अधिवेशनको अवसरमा वि.स. २०७४को स्थानीय चुनावमा नेपाली कांग्रेसबाट वडा सदस्यको उमेद्बार बन्नुभएकी पोपसरा सुनार माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

अधिवेशनलाई सम्वोधन गर्दै माओवादीका जिल्ला संयोजक जुग्जालीले म्याग्दीमा माओवादीलाई शक्तिशाली र बलियो बनाउन संगठन विस्तार वडास्तरबाट सुरु गरिएको बताउनुभयो । उहाँले माओवादीको एजेण्डा अनुसार लागू भएको गणतन्त्र र संघीयता र समावेशी व्यवस्थाको व्यवहारिक कार्यान्वयन गर्न जनताको साथ माओवादीलाई हुनुपर्नेमा जोड दिनुभयो । मालिका गाउँपालिका अन्तरगत वडा नम्वर १ निस्कोट बाहेक अन्य वडामा माओवादीको वडा कमिटी गठन गरिएको संयोजक जुग्जालीले जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाको वडा नम्वर २ रुमको अध्यक्षमा हर्कलाल दर्जी, वडा नम्वर ३ डाडागाउँको अध्यक्षमा मोतिप्रसाद बुढा, वडानम्वर ४ ओखरबोटको अध्यक्षमा रेशम पुन, वडा नम्बर ५ देबिस्थानको रबिन्द्र राना, वडा नम्वर ६ दरबाङको अध्यक्षमा ओमबहादुर रोका रहेको संयोजक जुग्जालीले जानकारी दिनुभयो । बेनी नगरपालिकासहित मंगला गाउँपालिकाको सबै वडामा नेतृत्व चयनसंगै जिल्लाको ३१ वटा वडामा माओवादी केन्द्रको वडा कमिटी गठन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार