काँग्रेस महामन्त्री शर्मालाई कोरोना संक्रमण

काठमाडौँ । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । बुधबार दिउँसो शर्माले आफूलाई कोरोना पुष्टि भएको जनाउनुभएको छ । उहाँले ८ महिनापछि फेरि सपरिवार कोरोना संक्रमित भएको बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मआलोचित छु ।’

लक्षणले ग्रस्तपछि मेडिसिटी अस्पतालमा पीसीर गरिएकोका आज सबैको रिपोर्ट पोजेटिभ आएको उहाँले बताउनुभयो । चिकित्सक परामर्शमा तागतको औषधि र आइसोलेसन रहेको शर्माले बताउनुभयो । उहाँले कोरोनालाई जितेर एक सातामा काममा फर्किने विश्व व्यक्त गर्नुभयो । उहाँले भेट र सम्पर्क असुविधाप्रति सबैसँग विनम्रतापूर्वक क्षमा माग्नुभएको छ । महामन्त्री शर्माकी पत्नी, एक छोरी र छोरामा पनि कोरोना संक्रमण देखिएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार