काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप अभियान स्थगित भएको छ ।
अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि खोप अभियान स्थगित गरिएको आइतबार अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भोलि (सोमबार)देखि अर्को आइतबारसम्म एक साताका लागि खोप अभियान स्थगित भएको अस्पतालले जानकारी दिएको छ ।