
काठमाडौँ । कोरोना भाइरसको जोखिम बढेको भन्दै पोखरा महानगरपालिकाले पाँच दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ।महानगरपालिकाले एक सूचना जारी गर्दै बुधबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा माघ १६ गतेसम्म बन्द रहने जानकारी दिएको हो।
कार्यालयका केही कर्मचारीहरूलाई कोरोना संक्रमण पुष्टि भएको र केही कर्मचारीलाई मिल्दोजुल्दो लक्षण देखा परेर क्वारेन्टिनमा रहेकोले सेवाग्राहीमा फैलिने जोखिम बढेपछि सेवा बन्द गर्नुपरेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले बताउनुभयो।यस अवधिमा अत्यावश्यक स्वास्थ्य, सरसफाइ लगायतका सेवा भने बन्द हुने छैनन्।यसअघि नै जिल्ला प्रशासन कार्यलय कास्कीले कर्मचारीहरूमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवा अनिश्चित समयको लागि बन्द गरीसकेको छ। सेतोपाटीबाट