काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ८ सय ८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।
यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय ८७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९२ जना निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ९० हजार ५ सय ७६ रहेको छ ।