पल शाह प्रकरणमा भट्टराईको टिप्पणी : न्यायिक फैसला सबैले मानौं

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पल शाह प्रकरणबारे टिप्पणी गर्दै न्यायिक फैसला सबैले मान्नुपर्ने बताउनुभएको छ । उहाँले ‘मर्दकी दशवटी’ भन्ने मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद भएको बताउनुभएको छ।

अनलाइनखबरमा बिहीबार प्रकाशित ‘उनले लड्ने आँट गरेकी छिन्, बाँच्ने साहस हामीले दिउँ’ शीर्षकको समाचारमा ट्वीटरमार्फत टिप्पणी गर्दै उहाँले न्यायिक फैसलाको सम्मान गर्न आग्रह गर्नुभएको हो । अदालती प्रक्रियालाई प्रभावित पार्ने गरी तनहुँ सदरमुकाम दमौलीमा पल शाह पक्षधरको दिनहुँ भइरहेका प्रदर्शन र सामाजिक सञ्जालमा टिप्पणी भइरहँदा भट्टराईको यस्तो भनाइ आएको हो ।

यस प्रकरणमा मानवअधिकारवादी, सेलिब्रेटी र सार्वजनिक वृत्तबाट समेत भनाइहरु बाहिर आएका छन् । एक नाबालिकामाथि जबरजस्ती करणीको अभियोगमा पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । उनलाई अदालतले अभियोगबारे बयान लिइरहेको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार