काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७ सय ९० पीसीआर परीक्षणमा ४१ जना र १ हजार ३ सय ८५ एन्टीजेन परीक्षणमा ४१ जना गरी ८२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय १३ जना निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४ हजार ५ सय ७४ रहेको छ ।