एजेन्सी । विश्व बैंकका अनुसार करिब दुई महिनादेखि चलिरहेको युक्रेनमाथिको रुसी आक्रमणले झण्डै ६० अर्ब डलरको नोक्सान भइसकेको छ । विश्व बैंकले प्रारम्भिक अनुमानका आधारमा यो तथ्याङ्क पेस गरेको हो । यसमा युद्धको लगातार बढिरहेको आर्थिक खर्च जोडिएको छैन ।
विश्व बैंकका अध्यक्ष डेभिड मालपासले युद्धको क्षति सार्वजनिक गर्न आयोजित सम्मेलनमा दुई देशबीचको लडाई अझै जारी रहेकाले नोक्सान बढ्ने बताए । जेलेन्स्कीले यो सम्मेलनलाई भर्चुअल तरिकाले सम्बोधन गरेका थिए । सम्बोधनमा उनले यो युद्ध खर्च धान्न र अर्थव्यवस्थामा पुगेको क्षति पुनःस्थापित गर्न हरेक महिना ७ अर्ब डलरको आवश्यकता पर्ने बताए ।
जेलेन्स्कीले युद्धबाट क्षतिग्रस्त पूर्वाधारहरु पुनः उठाउनका लागि पछि अर्बौं डलर जरुरत हुने बताए । त्यसका लागि रुसमाथि आर्थिक प्रतिबन्ध लगाएपछि विदेशी बैंकमा फ्रिज भएको रुसी पैसा आफूहरुलाई उपलब्ध गराउन उनले माग गरे । रातोपाटीबाट