काठमाडौँ । एएफसी एसियन कप छनोटअन्तर्गत नेपाली टोलीले दशरथ रंगशालामा तयारी गरिरहेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १४ जना नयाँ खेलाडीलाई समेट्दै प्रशिक्षण सुरु गर्नुभएको छ ।
होस्टेल र होटलमा राख्ने कुरामा विवाद हुँदा १० जना खेलाडीले क्याम्प छाडेर गएका थिए । त्यसको एक दिनपछि अल्मुताइरीले नयाँ खेलाडी प्रशिक्षणमा बोलाउनुभएको थियो । छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
मुख्य प्रशिक्षक अल्मुताइरीले नेपाली टोलीले एएफसी एसियन कपमा स्थान बनाउन नसक्ने बताइसक्नुभएको छ ।छनोट अघि नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाली टोलीले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । दोहामा हुने मैत्रीपूर्ण खेल जेठ ११ र १५ गते हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ । रातोपाटीबाट