दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि किसानी माविले हात पारेको छ । गाउँपालिकाको केन्द्र दरबाङमा सोमबार सम्पन्न गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगितामा १२ स्वर्ण, ९ रजत र २ कास्य पदक हात पार्दै किसानी माविले उपाधि जित्न सफल भएको हो ।
प्रतियोगितामा बिजेता विद्यालयलाई नगद ८० हजार रुपैयाँ नगद सहित रनिङ शिल्ड, ट्रफी , मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । लगातार तीन पटक प्रतियोगिताको उपाधि चुमेको किसानी माविले रनिङ शिल्ड समेत पच गर्न सफल भएको छ । प्रतियोगितामा ५ स्वर्ण, ७ रजत र ५ कास्य पदक सहित भिम मावि देविस्थान द्धितिय र ५ स्वर्ण, १ रजत र ८ कास्य पदक सहित जनप्रिय मावि दरबाङ तृतीय हुन सफल भएका छन् ।
प्रतियोगितामा द्धितिय र तृतीय हुने विद्यालयलाई क्रमश ः नगद रु ६० हजार र ४० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । त्यसैगरि प्रतियोगितामा मार्च पासमा उत्कृष्ट दरवाङ इङलिस बोडिङ स्कुल र अनुशासित विद्यालयको रुपमा गौ बम बस्त माविलाई रु पाँच ।पाँच हजारको साथमा प्रमाणपत्रद्धार पुरस्कृत गरिएको छ ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न ११ विद्यालयले सहभागीता जनाएका थिए । प्रतियोगितामा छात्र÷छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ ३० /३० वटा पदकमा खेल प्रतिस्पर्धा भएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ति मगर, प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल, शिक्षा अधिकृत अशोक रिजाल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।