काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै हालसम्म नेपालमा २ लाख ७१ हजार ४ सय ३१ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा २ सय ६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६७ हजार ६५ ...
म्याग्दी न्युज संवाददाता
-
-
हत्या अभियोगमा सात जना पक्राउ
नेपालगन्ज । बाँके प्रहरीले राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रवीणको हत्या अभियोगमा सात जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर प्रवीण हत्यामा संलग्नताको अभियोगमा पक्राउ गरेका सात जनालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार नेपालगन्ज ६ का १८ वर्षीय परियारलाई काठमाडौंको चाागुन...
-
सिवाईसी सहकारीको बेनी सदस्य सेवा केन्द्रको उद्घाटन
बेनी । बागलुङको सिवाईसी बचत तथा ऋण सहकारीको बेनी सदस्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । म्याग्दीको सदरमुकाम बेनी स्थित क्याम्पसचोकमा रहेको नमस्ते बहुद्धेश्यीय सहकारी र सिवाईसी बचत तथा ऋण सहकारी विच एकिकरण भएर बनेको बेनी सदस्य सेवा केन्द्रको बुधबार एक कार्यक्रमका विच संविधानसभा सदस्य तथा सहकारीका सल्लाहकार नवराज शर्माल...
-
अख्तियारका दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जोशीद्वारा राजीनामा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् । विवादका बीच प्रमुख आयुक्त र दुई आयुक्त नियुक्त भएकै दिन जोशीले राजीनामा दिएका हुन् । नविनकुमार घिमिरेले अवकाश पाएपछि कार्यबाहक प्रमुख आयुक्तको जिम्मेवारीमा रहेका जोशीले अनलाइनखबरसँग भने, ‘राजीनामा दिएर म आयोगबाट विदा भइसकेँ ।’ यद्य...
-
नेकपा झापाका नेता पुरीसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), झापाका नेता रवतराज पुरी ‘गगन’सहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ अनुसारको मुद्दा दर्ता भएको छ । दमक–१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुझाएको प्रतिवेदनका आधारमा विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।...
-
प्रतिबन्धित भारतीय नोटसहित एक पक्राउ
मोरङ । नेपालमा प्रतिबन्धित ५ सय दरका भारतीय रुपैयाँसहित १ जनालाई मोरङ प्रहरीले बुधबार विराटनगरमा पक्राउ गरेको छ। झापाको दमक–९ पाडाजुँगीका ३१ वर्षीय अजय बलकोटीलाई प्रहरीले प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय दरको २ सय ८ थान (१ लाख ४ हजार रुपैयाँ)सहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए। नेपाल–...
-
बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर पाकिस्तान तथा आसपासको क्षेत्र नजिक रहेको पश्चिमी न्यून चापीय प्रणाली बिहीबारबाट नेपाल प्रवेश गर्ने र सो प्रणालीका क...
-
१६ वर्षपछि एक फरार अभियुक्त पक्राउ
कैलाली । कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको फुलबारी गाविस ७ (हाल धनगढी उपमहानगरपालिका १४ बस्ने) ४२ वर्षीय डबलबहादुर पल्ली मगर रहेका छन् । २०६१ कात्तिक २७ गते धनगढी उपमहानगरपालिका १४ त्रिपन भन्ने गाउँमा देउसी भैलो खेली रहेको अवस्थामा मगरसहितले...
-
एक युवतीसहित चारजना लागूऔषधसहित पक्राउ
काठमाडौँ । काठमाडौंबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको गौरीघाट बस्ने ४० वर्षीय अम्मर बर्देवा, धादिङको गल्छी घर भई हाल सतुङ्गल बस्ने ३१ वर्षीय राजु अधिकारी, सिन्धुलीको बेलबारी घर भई महाराजगञ्ज बस्ने २३ वर्षीया सबिना कार्की र मकवानपुर घर भई हाल थानकोट बस्ने ४२ वर्षीय कालु गोले रहेका छन् । ...
-
एक हप्तामा सुदूरपश्चिममा नौ हजारले लगाए कोरोना खोप
बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा नौ हजार बढी व्यक्तिलाई कोरोना भाइरस विरूद्धको (कोभिशिल्ड) खोप लगाइएको छ। प्रदेशका नौ वटै जिल्लामा गरेर हालसम्म नौ हजार ७३ जनालाई खोप लगाइएको हो। माघ १४ गतेदेखि ७ दिनको अवधिमा सो संख्यामा खोप लगाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले जानकारी दिए...