• कैलालीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    धनगढी । कैलालीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मोहन्याल गाउँपालिकाकी बालिका बलात्कारको आरोपमा सोही ठाउँका १९ वर्षीय जीवन शाहीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए। पिडित पक्षले दिएको जाहेरीका आधारमा उनी पक्राउ परेको बिष्ट...

  • अछाममा उच्च रक्तस्रावले एक सुत्केरीको मृत्यु

    डोटी । उच्च रक्तस्रावले अछामको तुर्माखाद गाउँपालिका–४ की ३८ वर्षीया नामसरा विकको जिल्ला अस्पताल अछाममा मृत्यु भएको छ । जिल्ला अस्पताल अछामका डा. अतुल भारद्वाजका अनुसार सुत्केरी व्यथा लागेकी निज महिलालाई अत्यधिक रक्तस्राव भएका कारण मृत्यु भएको हो । विकले समयमै उपचार नपाएका कारण मृत्यु भएको चिकित्सकले बताएका छन् । सो...

  • धरानबाट ब्राउन सुगरसहित २ जना पक्राउ

    सुनसरी । अवैध लागु पदार्थ ब्राउनसुगरसहित दुई युवा धरानबाट पक्राउ परेका छन । धरान–३ का रेहान अन्सारी र विक्की श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ८ सय ८५ ग्राम ब्राउन सुगर बरामद गरेको छ । प्रहरीले रेहानलाई ३५ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको आधारमा सोधपुछ गर्दा विक्कीबाट खरिद गरेको जा...

  • धवलागिरी क्षेत्रका टेबल टेनिस खेलाडी तथा पूर्वसहायक प्रशिक्षक शाक्यको निधन

    बागलुङ । धवलागिरी क्षेत्रका पुराना टेबल टेनिस खेलाडी एवं पूर्वसहायक प्रशिक्षक सुख शाक्यको ६० वर्षको उमेरमा सोमबार निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको जिल्ला खेलकूद विकास समितिका सदस्यसचिव भीमसेन शाक्यले जानकारी दिए । बागलुङ नगरपालिका–३ नौबीसेटोल निवासी सुख निमोनियाबाट पीडित थ...

  • रौतहटमा बाटोमा महिलासँग ठोक्किएको निहुँमा एक युवकको हत्या

    रौतहट । रौतहटमा फेरि एकजना युवकको हत्या भएको छ । जिल्लाको उतरपूर्वी बृन्दाबन नगरपालिका वडा–३ का १९ वर्षीय रविराम चमारले गत राति सामान्य विवादमा सोही वडाका १८ वर्षीय नन्दकिशोर राम चमारको पेटमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते नन्दकिशोरको उपचारको क्रममा रातिनै चन्द्रपुर अस्पतालमा मृत्यु भएको प्रहरीले ...

  • बाँकेमा स्थानीय समूहबीच झडप हुँदा एकको मृत्यु ,९ घाइते

    नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा पर्ने बनियाँ गाउँमा गएराति भएको झडपमा एकजनाको मृत्यु भएको छ । ९ जना भाइते भएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुवास खड्काले जानकारी दिए । पुरानो रिसिबीलाई लिएर यादव र गुप्ता समूहका स्थानीयबीच झडप हुँदा ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको छ । टाउँकोमा गम्भीर चोट लागेका...

  • चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा सोमबार एउटा गैँडा मृत फेला परेको छ । निकुञ्जको भित्री (कोर) इलाकामा ३५ वर्षको भाले गैँडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार रिउ र राप्ती नदीको दोभानको दक्षिण किनारमा मृतावस्थामा गैँडा फेला परेको हो । सो गैँडा बूढो भएर कालगतिले मरेको आँकलन गरिएको ...

  • मैतीदेवीबाट सालकको खपटासहित दुई जना पक्राउ

    काठमाडौं । प्रहरीले बहुमूल्य वन्यजन्तु सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले काठमाडौँ महानगरपालिका–२९ स्थित मैतीदेवी पेट्रोलपम्प नजिक गुडिरहेको बा२ज ६५७ नंको भाडाको ट्याक्सीमा सालकको खपटा ओसारपसार गरिरहेको अवस्थामा सोमबार पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौ...

  • रिखार युवा क्लको अध्यक्षमा केशव छन्त्याल

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ८ ,कुइेनेमंगलेमा रहेको रिखार युवा क्लबको अध्यक्षमा केशव छन्त्याल चयन हुनुभएको छ । सोमबार सम्पन्न क्लबको अधिवेशनबाट छन्त्यालको अध्यक्षतामा नयाँ कार्यसमित चयन गरिएको हो । क्लबको बरिष्ठ उपाध्यक्षमा अगेन्द्र छन्त्याल ,उपाध्यक्षमा प्रेमप्रसाद छन्त्याल ,सचिवमा प्रेम छन्त्याल...

  • पिकअप दुर्घटना : दुईको मृत्यु, दुई घाइते

    इलाम । इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका–९ का दिनेश लिम्बू भएको बताइएको छ । मृत्यु भएका अर्का एक जनाको सनाखत हुन बाँकी रहेको बताइएको छ । इलामका प्रहरी प्रमुख नवीनराज राईका अनु...