काठमाडौं । ललितपुरको सानेपामा एक पुरूषको शव फेला परेको छ। सानेपास्थित गुसी टोलमा आइतबार बिहान एक पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ। ती पुरूष भारतीय नागरिक भएको प्रहरीको भनाइ छ। मृतक राजस्थानका ५९ वर्षीय सत्यनारायण परित भएको खुलेको छ। महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यका अनुसार घटनास्थलमा प्...
समाचार
-
-
३० किलो प्रतिबन्धित वन लसुनसहित दुई पक्राउ
मनाङ । प्रतिबन्धित वन लसुनसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखाको धार्चे गाउँपालिका –५ गुम्दा घर भइ हाल मनाङको चामे गाउँपालिका –३ खितीपुर बस्ने ४५ वर्षीय कान्छा भन्ने माइला गुरुङ र धार्चे– ७, लापु घर भइ हाल खितिपुरमा बस्दै आएका ३८ वर्षीय जितबहादुर गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी...
-
बैतडीमा जिप दुर्घटना : २ को मृत्यु, १० जना घाइते
डडेल्धुरा । बैतडीमा आइतबार जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । से १ ज ७३९ नम्बरको जिप सिगास गाउँपालिका वडा नं. ३ मा दुर्घटना भएको हो । जिप डडेल्धुरातर्फ आउँदै गर्दा सडकबाट ५० मिटर तल खसेको थियो । दुर्घटनामा ६४ वर्षीय रामसिंह धामी र ४५ वर्षीय मानसिंह साउदको मृत्यु भएको प्रहरीले जनाएको छ । ...
-
ट्युनिसिया डुंगा दुर्घटना हुदाँ ४३ जनाको मृत्यु
एजेन्सी । ट्युनिसियामा डुंगा दुर्घटना हुँदा ४३ जनाको ज्यान गएको छ । लिबियाको जुवारा बन्दरगाहबाट युरोपीयन मुलुक इटालीका लागि प्रस्थान गरेका आप्रवासीहरु चढेको डुंगा भुमध्य सागर पार गर्ने क्रममा ट्युनिशियाको जार्जीस नजिकैको समुन्द्री क्षेत्रमा दुर्घटनामा परेको हो । १ सय २७ जना आप्रवासी सवार रहेको उक्त डुंगा डुब्दा ८४ ज...
-
पर्वतका एक पुरुष ६ दिनदेखि सम्पर्कविहीन
पर्वत । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कका एक पुरुष विगत छ दिनदेखि सम्पर्कविहीन भएका छन् । स्थानीयवासी ६७ वर्षीय बालकृष्ण विक गत असार १५ गतेदेखि सम्पर्कविहीन भएका हुन् । श्रीमान–श्रीमती मात्रै बस्दै आएका उनीहरूबीच असार १४ गते सामान्य घर झगडा भएको थियो । भोलिपल्ट १५ गते रोपाइँ गर्नका लागि बालकृष्णले खेताला...
-
काठको मुङ्ग्रो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
काठमाडौं । वेलबारी नगरपालिका-७ बस्ने ४८ वर्षीया सीता घिमिरेलाई काठको मुङ्ग्रोले प्रहार गरी हत्या गरेको अभियोगमा उनकै श्रीमान् ५६ वर्षीय अम्बिका घिमिरेलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी शुक्रबार श्रीमतीसँग सामान्य विवाद भई दुवैजना सुतेको र राति उठी एक्कासी आवेशमा आई काठको मुङ्ग्रो प्रहार ...
-
२०४ किलो गाँजासहित एक पक्राउ
धनुषा । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको एक टोलीले २ सय ४ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जनकपुरधाम उपमहानगरपालिकाबाट एक जना ब्यक्तिलाई २०४ किलो गाँजासहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२१ स्थित कुर्था बस्ने ३५ वर्षीय सन्तोष महासेठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय...
-
रामनगर गाउँपालिकाका अध्यक्ष बर्माको मृत्यु
सर्लाही । सर्लाहीमा एक जनप्रतिनिधिको मृत्यु भएको छ । रामनगर गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बर्माको मृत्यु भएको हो । नेपाली काँग्रेसबाट निर्वाचित बर्माको उपचारको क्रममा काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पतालमा मृत्यु भएको परिवारजनले जनाएको छ । हृदयघातका कारण अध्यक्ष बर्माको मृत्यु भएको परिवारका सदस्य राहुल श्रीवास्त...
-
अन्नपूर्ण गाउँपालिकाका बाढी-पहिरो पीडितलाई घर हस्तान्तरण(तस्बिर सहित)
सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बाढी-पहिरो पीडितलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको नेतृत्वमा नवनिर्मित घर हस्तान्तरण गरिएको छ । गत बर्ष अविरल बर्षका कारण आएको बाढी-पहिरोबाट विस्थापित अन्नपूर्ण गाउँपालिका-३ दानाका चार परिवारलाई गाउँपालिका अध्यक्ष क्याप्टे...
-
मंगला गाउँपालिकाका बाढी–पहिरो पीडित परिवारलाई घर हस्तान्तरण
बेनी । म्याग्दीको मंगला गाउँपालिकाका बाढी–पहिरो पीडितलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना)अन्तर्राष्ट्रिय कार्यसमितिको नेतृत्वमा नवनिर्मित घर हस्तान्तरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका विच गत बर्ष अविरल बर्षका कारण आएको बाढी–पहिरो विस्थापित मंगला गाउँपालिका–२ र ५ का ४ परिवारलाई गाउँपालिका अध्यक्ष सतप्रसाद रोका ,प्र...