काठमाडौँ । कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोलीले आज ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दैछ । दोहामा हुने खेल नेपाली समय अनुसार राति १० बजे सुरु हुनेछ । बलियो टोली ओमानविरुद्ध नेपाल आफ्नो स्तरको परीक्षा लिनेछ । यसअघि नेपालले कतारमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँ...
समाचार
-
-
सम्झौताअनुसारको मल नदिएपछि ताकेता गर्न भारत पुगे कृषि मन्त्री
काठमाडौँ । सम्झौताअनुसार भारतले रासायनिक मल उपलब्ध नगराएपछि ताकेता गर्न भन्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र यादव भारत पुग्नुभएको छ । खाद्य स्वच्छन्दतासम्बन्धी कार्यक्रममा सहभागी हुन भारत जानुभएको मन्त्री यादवले सो कार्यक्रमलगत्तै भारतका रसायन तथा उर्वर मन्त्रीलगायत तीनजना मन्त्रीसँग छलफल गरेर फर्कनुहुनेछ । ...
-
यू–१९ विश्वकप एसिया छनोट : नेपालको विजयी सुरुवात
काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ । आज बिहान मलेसियामा भएको खेलमा नेपालले कतारमाथि ७९ रनको जित निकालेको हो । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतारले १५.४ बलमा ३८ रनमात्र बनाउन सक्यो । बलिङतर्फ श्रृष्टि जैसीले ३ विकेट लिइन् । स्नेहा महरा, कृतिका मरासिनी र अनु कडायतले...
-
केमिकल हालेर एक हप्तामा दुर्गन्ध हटाइन्छ : बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले आज काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोलको अवलोकन गर्नुभएको छ । स्थानीयको समस्या र गुनासा सुनेपछि मेयर साहले तत्कालको लागि केमिकल राखेर गन्ध हटाउने उपाय अपनाउने आश्वासन दिनुभयो । केमिकल हालिसकेपछि गन्ध हराउन...
-
मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएका समस्या समाधान
काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न सरोकारवाला सहमत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री कृष्णकुमार श्रेष्ठ र सचिव एकनारायण अर्यालसहित स्वास्थ्य व्यवसायी तथा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधिबीच भएको छलफलमा सर...
-
नेपाली क्रिकेट टोली अमेरिकाको अल स्टार्ससँग पराजित
काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– दुईअन्तर्गतको सिरिजका लागि अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा अमेरिकाको अल स्टार्ससँग पराजित भएको छ । अमेरिकाको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा गए राति भएको खेलमा नेपाली टोली अमेरिकामा रहेका पूर्वखेलाडीको क्लब अल स्टार्ससँग चार विकेटले...
-
काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर सिसडोलमा
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल सिसडोलमा पुग्नुभऐको छ । लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर शाह र उपमेयर डंगोल सिसडोल पुग्नुभएको हो । मेयर शाहले फोहोर व्यवस्थापनलाई आफ्नो प्राथमिकतामा राखेर तयारी अगाडि बढाइरहनुभएको छ । शाह र डंगोलले बिही...
-
माओवादीलाई पहिलो पार्टी बनाउने योजनाका साथ सक्रिय हुन प्रचण्डको निर्देशन
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई पहिलो पार्टी बनाउने योजनाका साथ सक्रिय हुन कर्णाली प्रदेशका पालिकामा माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभएको छ । दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौंमा आएका पालिकाका अध्यक्षरउपाध्यक्ष तथा प्रमुखरउपप्रमुखहरु ...
-
सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आज आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको संसद्मा जवाफ दिने कार्यसूची रहेको छ । सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि १७, १८ र १९ गते संसद्मा सांसदहरूले छलफल गरेका थिए ।संघीय संसदअन्तर्गत आज पनि दुवै सदनका बैठक बस्दैछन् । प्रतिनिधि ...
-
एमाले सरकार परिवर्तनको खेलमा छैनः पोखरेल
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी सरकार परिवर्तनको खेलमा नरहेको बताउनुभएको छ । सत्ता गठबन्धन भत्काउन एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ‘प्रधानमन्त्रीको कार्ड’ फ्याँकेको विवरण सार्वजनिक भइरहँदा पोखरेलले एमाले सरकार ...






















