मैत्रीपूर्ण फुटबलमा आज नेपाल र ओमान भिड्दै

काठमाडौँ । कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोलीले आज ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दैछ । दोहामा हुने खेल नेपाली समय अनुसार राति १० बजे सुरु हुनेछ । बलियो टोली ओमानविरुद्ध नेपाल आफ्नो स्तरको परीक्षा लिनेछ ।

यसअघि नेपालले कतारमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी गरेको थियो । यस्तै, दोस्रो खेलमा श्रीलङ्कासँग १–१ को बराबरी खेलेको थियो ।

एएफसी कपका लागि कतारमा अभ्यास पूरा गरेपछि नेपाली टिम भोलि कुवेत प्रस्थान गर्नेछ । समूह ‘बी’ मा रहेको नेपालले २५ जेठमा जोर्डन, २८ गते कुवेत र ३१ गते इन्डोनेसियाको सामना गर्नेछ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार