एमाले सरकार परिवर्तनको खेलमा छैनः पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी सरकार परिवर्तनको खेलमा नरहेको बताउनुभएको छ । सत्ता गठबन्धन भत्काउन एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ‘प्रधानमन्त्रीको कार्ड’ फ्याँकेको विवरण सार्वजनिक भइरहँदा पोखरेलले एमाले सरकार परिवर्तनको खेलमा नभएको बताउनुभएको हो ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘यतिबेला नेकपा एमाले सरकार परिवर्तनको खेलमा छैन । विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुट्दैछ ।’पोखरेलले त्रिभुवन विश्वविद्यालयमा नेविसंघले तालाबन्दी गरेको विषयमा पनि उल्लेख गर्नुभएको छ । ‘असान्दर्भिक माग राखेर सत्तापक्षका विद्यार्थी संगठनले विश्वविद्यालयमा तालाबन्दी गरेको लामो समय भयो । सरकार थाह नपाए झै चिरनिद्रामा छ । झकझक्याउ,’ उहाँले लेख्नुभएको छ । नेविसंघले ७ माघदेखि लगाएको ताला बुधबार नेकपा क्रान्तिकारीले फुटाएको थियो भने नेविसंघले बिहीबार फेरि तालाबन्दी गरेको छ । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार