• स्थापितले माफी माग्दै भने –एक वर्षमा काठमाडौंको फोहोरमैला तह लाग्छ

    काठमाडौँ । नेकपा एमालेबाट काठमाडौं महानगरको मेयरका प्रत्यासी केशव स्थापितले आफू विजयी भए एक वर्षमा काठमाडौंका फोहोर मैला तह लगाउने दावी गर्नुभएको छ । बुधबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै स्थापितले ‘चुनावी सभा हो कि विजय उत्सव ?’ भन्दै आफ्नो जित भइसके पनि भन्न मात्रै नसकेको बताउनुभयो । उहाँले काठमाडौंमा आफ्नो...

  • इन्जिनियरसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राज कुमार गोईतसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले ६६ लाख ६४ हजार ६९२ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दैै अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियार...

  • कैलालीमा निष्कासित नेता ओझाले अस्वीकार गरे देउवासँगको भेट

    धनगढी । धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसले निवर्तमान मेयर नृपबहादुर वडलाई नै यसपटक पनि मेयरको उम्मेदवार बनायो । यसपटक धनगढीमा कांग्रेसका उम्मेदवार वडलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित सत्तारुढ गठबन्धनका दलहरुको साथ छ । अघिल्लो निर्वाचनमा एक्लाएक्लै चुनाव लड्दा पनि मेयरमा निर्वाचित भएका वड यसप...

  • भारोत्तोलन खेलाडी सञ्जुको अन्तिम संस्कार बाँकेमा हुने

    काठमाडौं । मंगलबार निधन भएकी भारोत्तोलन खेलाडी सञ्जु चौधरीको शव बाँके लगिने भएको छ । राष्ट्रिय खेलकुद परिषदमा मंगलबार अन्तिम श्रद्धान्जली अर्पण गरेपछि अन्तिम संस्कारका लागि उनको शव गृहजिल्ला बाँके लैजान लागिएको हो । उनको परिवारलाई काठमाडौंमै आउन भनिएको तर गृहजिल्लामै अन्तिम संस्कार गर्ने इच्छा व्यक्त गरेका कारण बाँक...

  • नागरिकताको समस्या गठबन्धन सरकारले समाधान गर्छ : प्रचण्ड

    रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई मधेसमा रहेको नागरिकताको समस्या गठबन्धन सरकारले समाधान गर्ने बताउनुभएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारका लागि मत माग्न रौतहट पुगेका प्रचण्डले जेठ ३ गते संसद् सुचारु भएपछि संसद् अवरोधकै बीच भएपनि नागरिकताको स...

  • बाबुरामको गृहनगर पालुङटारमा जसपा र एमालेबीच चुनावी तालमेल

    काठमाडौँ । गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टी नेपाल (जसपा) बीच चुनावी तालमेल भएको छ।जसपाले मेयर लिने र एमालेले उपमेयर लिने गरी चुनावी तालमेल भएको हो।जसपा जिल्ला अध्यक्ष यानप्रसाद भट्ट र एमाले जिल्ला अध्यक्ष प्रेम गुरूङले चुनावी तालमेल सहमति पत्रमा आज हस्ताक्षर गरेका छन्। पालुङटार जसपा सं...

  • श्रीलंका संकट : राजापाक्षेले लिए सेनाको शरण

    एजेन्सी । श्रीलंकाका निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षे र उनको परिवार देशको उत्तर–पूर्वी भागमा रहेको त्रिन्कोमालीस्थित नौसेनाको आधारमा शरण लिएका छन् । देशको सबैभन्दा खराब आर्थिक संकटलाई लिएर प्रदर्शन भइरहेका बेला प्रधानमन्त्री राजापाक्षेले नौसेनाको आधारमा शरण लिएका हुन् ।राजापाक्षे र उनको परिवारलाई हेलिकप्टर...

  • सातामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित

    काठमाडौँ । सातामा दुई दिन बिदा दिने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ।सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। जेठ १ देखि बिहान ९:३० बजेबाट अपरान्ह ५:३० बजेसम्म कार्यालय समय तोकिएको छ।तर कात्तिक १६ देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९:३० देखि अपरान्ह ४:३० बजेसम्म रहने उल्ले...

  • नेपाललाई आधुनिक युगमा पुर्‍याउँछौंः ओली

    मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई आधुनिक युगमा पुर्‍याउने जिम्मा एमालेले लिने बताउनुभएको छ । मंगलबार मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नेपाललाई आधुनिक युगमा पर्‍याउने जिम्मा एमालेले लिने बताउनुभएको हो। स्थानीय निकाय निर्वाचनमा एमालेलाई अत्याधिक ...

  • योग्य उम्मेदवार छनौटका लागि मतदानमा सहभागी हुनुहोस्ः मुख्यमन्त्री

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुनसम्पूर्ण प्रदेशवासीमा अपिल गर्नुभएको छ । स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा मंगलबार आह्वान पत्र जारी गर्दै मुख्यमन्त्री पोखरेलले...