श्रीलंका संकट : राजापाक्षेले लिए सेनाको शरण

एजेन्सी । श्रीलंकाका निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षे र उनको परिवार देशको उत्तर–पूर्वी भागमा रहेको त्रिन्कोमालीस्थित नौसेनाको आधारमा शरण लिएका छन् ।

देशको सबैभन्दा खराब आर्थिक संकटलाई लिएर प्रदर्शन भइरहेका बेला प्रधानमन्त्री राजापाक्षेले नौसेनाको आधारमा शरण लिएका हुन् ।राजापाक्षे र उनको परिवारलाई हेलिकप्टरमा नौसेनाको आधारमा लगिएको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ ।

राजधानी कोलम्बोबाट करिब २७० किलोमिटर टाढा रहेको नौसेना आधारबाहिर पनि विरोध प्रदर्शन भैरहेको जनाइएको छ । आर्थिक संकटलाई लिएर भएको विरोध प्रदर्शनमा पाँच जनाको मृत्यु भएपछि कर्फ्यू लागू गर्न हजारौँ सेना र प्रहरी परिचालन गरिएको छ । राजापाक्षेले सोमबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि जनआक्रोश बढेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार