नेपाललाई आधुनिक युगमा पुर्‍याउँछौंः ओली

मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई आधुनिक युगमा पुर्‍याउने जिम्मा एमालेले लिने बताउनुभएको छ । मंगलबार मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नेपाललाई आधुनिक युगमा पर्‍याउने जिम्मा एमालेले लिने बताउनुभएको हो।

स्थानीय निकाय निर्वाचनमा एमालेलाई अत्याधिक मतले विजयी बनाइ देश बनाउने अभियानमा साथ दिन उनले मतदाताहरुलाई आग्रह गर्नुभयो। ‘समृद्ध नेपाल र सुखी नेपालीको अभियान एमालेले चलाइरहेको छ। यस अभियानलाई सार्थक तुल्याएर मुलुक बनाउने महाअभियानमा सबै सहभागी बनौं,’ ओलीले भन्नुभयो।

‘आत्मनिर्भर अर्थतन्त्र, उद्योग धन्दा सञ्चालन, कृषिको आधुनिकीकरण लगायतका काम एमालेले नै गर्ने हुँदा अलमलमा नपरिकन समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा सबै सहभागी हौं,’ अध्यक्ष ओली भन्नुभयो, ‘स्वदेशमै रोजगारीका अवसर सिर्जना गरेर युवाहरुलाई विदेश जानबाट रोक्दै उत्पादन र उत्पादकत्व वृद्धि गरेर मुलुकलाई आत्मनिर्भर बनाउने प्रयास एमाले नेतृत्वको सरकारले गरेको छ।’

‘भोट हालेनौं भन्नुभयो’ भनेर गठबन्धनका नाममा जनतालाई नधम्क्याउन ओलीको चेतावनी छ। अहंकार पालेका केहीले एमालेलाई चोइट्याएर केही कार्यकर्तालाई अलमल्याइरहेको उहाँको भनाइ छ।nagariknews.nagariknetwork बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार