• ५० राउण्ड गोलीसहित आमाछोरा पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ५० राउण्ड गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बद्रीहाङ राई र मुनादेवी राई रहेको प्रहरीले जनाएको छ । उनीहरु नाताले आमाछोरा रहेको विमानस्थल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार त्रिभुवन विमानस्थलबाट श्री एयरलाइन्सको जहाजबाट झापा भद्रपुर...

  • गाउँमा पसेर आतङ्क मच्चाउने चितुवा नियन्त्रणमा

    बाग्लुङ । बाग्लुङको जैमिनी नगरपालिका–१ कुश्मिशेराको कान्लेमा गाउँमा पसेर आतङ्क मच्चाएको चितुवा नियन्त्रणमा लिइएको छ । आइतबार बिहानैदेखि जङ्गलबाट निस्केको चितुवा गाउँ डुल्न थालेपछि स्थानीयवासी तर्सिएका थिए । आइतबार राति चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयले जनाएको छ । कान्लेको पाखो नजिकैको खोल्सामा बसेको...

  • विष्फोटक पदार्थसहित विप्लवका दुई कार्यकर्ता पक्राउ

    मान्म । जिल्ला प्रहरी कार्यालय कालिकोटले विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा नरहरिनाथ गाउँपालिका–९ लालुका ३६ वर्षीय दुर्गराज बोहोरा र जाजरकोट भेरीमालिका नगरपालिका–२ का ३२ वर्षीय पदम बहादुर पुन रहेका छन् । प्रहरीले उनीहरुलाई सोमबार बिहान पक्राउ गरेको हो । अभियुक्त दुवै नेत्र...

  • ३७ हजार स्वाब परीक्षणपछि आफैँ सङ्क्रमित भइन् डाक्टर

    चितवन । सैँतीस हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहेकी डा नितु अधिकारी हाल आएर आफैँ सङ्क्रमित भएकी छन्। भरतपुर अस्पतालद्वारा गत जेठमा सञ्चालित कोभिड–१९ प्रयोगशालाको नेतृत्व गर्दै आएकी डा अधिकारी लामो समय सङ्क्रमणबाट सुरक्षित रहेकी थिइन्। उनी गत साता सङ्क्रमित भएपछि होम आइसोलेसनमा छन् । उनीसँगै श्रीमान् र आ...

  • दाङमा बस दुर्घटना : १९ जना घाइते

    दाङ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले ना ६ ख १८१४ नम्बरको बस सोमबार ग्वारखोलाको पुल नजिकै उकालोमा अनियन्त्रित भएर दुर्घटनामा परेको जानकारी दिए। ...

  • घुम्ती रक्तदानमा १६३ युनिट रगत सङ्कलन

    गण्डकी । रक्तसञ्चार केन्द्र रामघाटमा रगतको अभाव भएपछि यहाँको एक संस्थाले गरेको सप्ताहव्यापी घुम्ती रक्तदान कार्यक्रममा १६३ युनिट रगत सङ्कलन भएको छ । पोखरा च्याम्बर अफ कमर्श कास्कीको दोस्रो वार्षिकोत्सवको अवसरमा पोखराका विभिन्न छ स्थानमा गरिएको खुल्ला रक्तदान कार्यक्रममा १६३ युनिट रगत सङ्कलन भएको हो । पोखराको विपिचो...

  • पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड आज मुम्बई जाँदै

    काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज मुम्बई जाँदैछन् । श्रीमती सीता दाहाललाई थप उपचारका लागि प्रचण्ड मुम्बई जान लागेका हुन् । तीन दिनअघि भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारपछि घरमै आराम गरिरहेकी दाहाललाई थप उपचारका लागि मुम्बई लैजान लागेको हो । सीताको यसअघि पनि अमेरिका, सिंगा...

  • देशभर थपिए ४२१ कोरोना संक्रति , ८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय २१ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ६ सय ३७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख...

  • बन्दुकधारीद्वारा पाकिस्तानमा ११ मजदुरको हत्या, तीन घाइते

    सिन्ह्वा । पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको घटनामा परी कम्तीमा ११ मजदुरको मृत्यु भएको छ । कोइलाखानीमा भएको घटनामा परी त्यहीँ कार्यरत मजदुरहरुको मृत्यु भएको हो भने अरु तीन जना घाइते भएका छन् । बोलान जिल्लामा शनिबार गोलीकाण्ड भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । मजदुरहरुलाई अपरिचित लडाकूहरुले गोली प्र...

  • कोरोना संक्रमणबाट शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाका दाजु निरञ्जन कोइराला ‘निरू दा’ को निधन भएको छ। पर्यटन व्यवसायी र तत्कालीन पर्यटनमन्त्री रामहरि जोशीको विज्ञ सल्लाहकारसमेत रहेका कोइरालाको आज नयाँ दिल्लीमा निधन भएको हो। कोरोनाबाट पीडित उनको आज बिहान ११ बजे निधन भएको शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थ...