पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड आज मुम्बई जाँदै

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज मुम्बई जाँदैछन् । श्रीमती सीता दाहाललाई थप उपचारका लागि प्रचण्ड मुम्बई जान लागेका हुन् ।

तीन दिनअघि भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारपछि घरमै आराम गरिरहेकी दाहाललाई थप उपचारका लागि मुम्बई लैजान लागेको हो ।

सीताको यसअघि पनि अमेरिका, सिंगापुर र भारतमा उपचार भएको थियो । पछिल्लो समय सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि मुम्बई जान लागेका हुन् ।

सोमबार बिहान ११ बजेको फ्लाइटमार्फत प्रचण्ड श्रीमती सितालाई लिएर मुम्बई जान लागेको प्रचण्डको सचिवालय स्रोतले जानकारी दिएको छ । आज पनि जारी नेकपा स्थायी समितिको बैठक भने अर्का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बस्नेछ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार