दाङमा बस दुर्घटना : १९ जना घाइते

दाङ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले ना ६ ख १८१४ नम्बरको बस सोमबार ग्वारखोलाको पुल नजिकै उकालोमा अनियन्त्रित भएर दुर्घटनामा परेको जानकारी दिए।

घाइते सबैको उद्धार गरिसकिएको उनले बताए। घाइतेहरूको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको हातखुट्टामा चोट छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार