• अन्नपूर्णको अध्यक्ष कपमा राम्चेको बर्चस्व

    सन्तोष गौतम नारच्याङ(म्याग्दी) मंगलबार माघ २१ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा मंगलबार सम्पन्न अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधिमा वडा न. ८ राम्चेले बर्चस्व जमाएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा पाँच दिनसम्म सञ्चालन भएको छ वटा प्रतियोगिता अन्तरगत बास्केटबल र प्रौढ भलिबलमा प्रथम भएको र...

  • प्रथम अन्नपूर्ण पर्यटन महोत्सव सम्पन्न

    सन्तोष गौतम नारच्याङ, मंगलबार माघ २१ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा सञ्चालित प्रथम अन्नपूर्ण पर्यटन महोत्सव मंगलबार सम्पन्न भएको छ । अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने “मौरिस हर्गोज टे«ल” पदमार्ग सञ्चालनको लागि अन्नपूर्ण गाउपालिकाले नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर महोत्सव आयोजना ग...

  • अलपत्र चार पर्यटकको हेलिकप्टर मार्फत सकुशल उद्धार

    नारच्याङ ,माघ शनिबार १८ गते । बाटो बिराएर  म्याग्दीको पर्यटकीय स्थल खोप्राबाट नारच्याङ आउने क्रममा विचबाटोमा अलपत्र परेका नेपाली पर्यटकलाई सकुशल उद्धार गरिएको छ । गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहदुर पुनको पहलमा शनिबार सिम्रीक एयरको हेलकप्टरबाट चार पर्यटकलाई  सकुशल उद्धार गरिएको  हो । अन्नपूर्ण गाउँपालिका ना...

  • नारच्याङमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु, प्रौढ भलिबलको उपाधी राम्चेलाई

    सुरेन गुरुङ नारच्याङ, शुक्रबार माघ १७ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा शुक्रबारदेखि अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रतियोगिता अन्तरगत पुरुष, महिला तथा प्रौढ भलिबल र बास्केटबल खेलमा प्रतिस्पर्धा हुने जनाइएको छ । अन्नपूर्ण पर्यटन महोत्सवसंगै सञ्चालित...

  • खोप्रा–नारच्याङ पदमार्गमा अलपत्र चार पर्यटकको खोजि कार्य जारी

    बेनी, ,शुक्रबार माघ १७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको माथिल्लो क्षेत्रमा अंकीत शाह समेत चार जना नेपाली पर्यटक बाटो विराएर अल्पत्र परेका छन् । पर्यटकीय स्थल खोप्रालेकबाट नारच्याङ गाउँ झर्दै गर्दा बाटो बिराएर चार जना पर्यटकहरु विहिवारदेखि अल्पत्र परेका हुन् । अल्पत्र परेका पर्यटकहरुमा अंकीत शाह सहि...

  • अन्नपुर्ण पर्यटन महोत्सव सुरु ,गण्डकी प्रदेश समृद्धीको आधार पर्यटन र उर्जा–मुख्यमन्त्री गुरुङ्ग

    सुरेन गुरुङ्ग नारच्याङ,विहिबार माघ १६ गते । जिल्लाको अन्नपुर्ण गाउँपालिकामा पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा अन्नपुर्ण गाउँपालिका– ४ नारच्याङमा पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताका विहिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ्गले उद्घाटन ग...

  • अन्नपूर्ण पर्यटन महोत्सव र अध्यक्ष कपको तयारी पुरा

    सुरेन गुरुङ नारच्याङ,बुधबार माघ १५ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा बिहीबारदेखि सुरु हुने प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ । अन्नपूर्ण गाउपालिकाले प्रथम अन्नपूर्ण पर्यटन महोत्सवको अवसरमा पालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गरे...

  • खिबाङ्गी समाज नेपालको बार्षिकोत्सव तथा सम्मान

    पोखरा ,शनिबार माघ ११ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका -६ खिबाङ्गबाट विभिन्न शिलशिलामा  पोखरामा बसोबास गर्दै आएका खिबाङ बासिको साझा संस्था खिबाङ्गी समाज नेपाल,पोखराको बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरा रामघाट स्थित पुन समाजको सभाहलमा विभिन्न कार्यक्रम गरि  संस्थाको बार्षिकोत्...

  • नेपाल आइडलका नेशन पुन मगरद्वारा भोट गर्न अपिल

    बेनी,शनिबार माघ ११ गते । गायन प्रतियोगिता‘नेपाल आइडल सिजन ३’का नेशन पुन मगरले भोट गरि सहयोग गर्न अपिल गर्नुभएको छ । म्याग्दी अन्नपूर्ण गाउँपालिका-६ घार, चित्रे घर भई हाल पोखरामा बस्दै आउनुभएका नेशनले शुक्रबार राती भएको गाला राउण्ड सुरु भएसंगै  सामाजिक संजाल मार्फत सबैलाई भोट गरि  सहयोग गर्न अपिल गर्नुभएको हो । यसैगर...

  • नारच्याङमा हुने अन्नपूर्ण पर्यटन महोत्सव र अध्यक्ष कपको तयारी तिब्र

    बेनी,शनिबार माघ ११ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा आगामी हप्ता सञ्चालन हुने प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी तिब्र बनाइएको छ । अन्नपूर्ण गाउपालिकाले प्रथम अन्नपूर्ण पर्यटन महोत्सवको अवसरमा पालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गरेको हो । ...