अन्नपुर्ण गाउँपालिकाद्धारा विपन्न परिवारलाई राहत वितरण

बेनी ,बुधबार बैशाख ०३ गते ।
म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले विपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)को राकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित गाउँपालिकाका सबै वडा भित्रका विपन्न परिवारलाई गाउँपालिकाले बुधबारदेखी राहत वितरण सुरु गरेको हो । गाउँपालिकाको सहजिकरण र सम्बन्धीत वडाले खरिद गरेर लगत संख्याको आधारमा कार्यविधि अनुसार खाद्यान्न राहत सामाग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको सहजिकरण र सम्बन्धीत वडा मार्फत खरिद गरेर बुधबारदेखी सबै वडामा खाद्यान्न वितरण थालीएको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनले जानकारी दिनुभयो । वडा कार्यालय मार्फत खरिद र गाउँपालिकाको सहजिकरणमा लकडाउनबाट प्रभावित वडाभित्रका बास्तविक विपन्न तथा श्रमिक परिवारलाई खाद्यान्न राहत वितरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार श्रमीक तथा विपन्न परिवारलाई दैनिक उपभोग्य खाद्यन्न सामाग्री चामल ,नुन ,तेल र दाल वितरण गरिएको हो ।

‘कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित गाउँपालिका भित्रका दैनिक ज्यालामजदुर गरेर जिविकोपार्जन गर्दै आएका र विपन्न परिवारलाई गाउँपालिकाले पारित गरेको राहत वितरण कार्यविधि अनुसार दैनिक उपभोग्य खाद्यान्न राहत सामाग्री वितण गरिएको हो,’ अध्यक्ष क्याप्टेन गबुर्जा पुनले भन्नुभयो ।

गाउँपालिकाका आठ वटा वडालाई परिवार संख्याको आधारमा राहत सामाग्री वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार सबै आठ वटै वडाका गरेर ५१४ श्रमीक तथा विपन्न परिवारलाई ४ १८ बोरा चामल ,१६०० के.जी दाल ,८०० के.जी नुन र ०० सय लिटर खानेतेल वितरण गरिएको छ । सम्बन्धीत वडा कार्यालयले संकलन गरेको लगत संख्या अनुसार वडा नं १ मा ३९ ,वडा नं २ मा ४१ ,वडा नं.३ मा १०९ ,वडा नं. ४ मा ४० ,वडा नं.५ मा ९२ ,वडा नं. ६ मा १०७, वडा नं.७ मा ३७ र वडा नं.८मा ३९ गरि ५१४ परिवार संख्या रहेका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।

बुधबार वडा नं ८ मा राहत वितरण सकिएको छ भने अन्य बाँकी वडा नं.१ देखी ७ सम्म वडामा विहिबार वितरण सम्पन्न हुने गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले जानकारी दिनुभयो । उहाँका गाउँपालिकाका अध्यक्ष कयाप्टेन गर्बुजा पुनले व्यक्तीगत रुपमा प्रति परिवार संख्याको आधारमा खाद्यान्न राहत सामाग्री थप सहयोग गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार