विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ८ हजार नाघ्याे ,सबैभन्दा धैरै अमेरिकामा

काठमाडौं,आइतबार चैत ३० गते । कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या १ लाख ८ हजारभन्दा धेरै पुगेको छ । आइतबार बिहानसम्म विश्वभरमा कोरोनाका कारण १ लाख ८ हजार ७७० जनाको ज्यान गइसकेको छ ।

कोरोनाको महामारीमा परेका १२ लाख ६७ हजार ६२० जनाको अहिले उपचार भइरहेकोमा ५० हजार ५८४ जनाको अवस्था गम्भीर रहेको छ भने बाँकीको मध्ययम अवस्था छ ।

आइतबार बिहानसम्म अमेरिकामा सबैभन्दा धेरै २० हजार ५७७ जनाको ज्यान गएको छ । इटलीमा भन्दा अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या धेरै भएको छ । इटलीमा १९ हजार ४६८ को ज्यान गएको छ भने स्पेनमा १६ हजार ६०६, फ्रान्समा १३ हजार ८३२ बेलायतमा ९ हजार ८७५ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा ८० हजार २१८ नयाँ संक्रमितको पहिचान भएको छ । जसमा अमेरिकामा मात्रै ३० हजार कोरोनाका संक्रमित थपिएका छन् । बाह्रखरी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार