शिख्तानी समाज पोखराद्वारा शिखका विपन्न परिवारलाई राहत वितरण

सेते तिलिजा पुन
शिख म्याग्दी, शुक्रबार बैशाख ५ गते । शिख्तानी समाज पोखराले लकडाउनको कारणले मर्कामा परेका शिखका विपन्न परिवारलाई राहत बितरण गरेको छ । अन्नपूर्ण गाउँपालिका वडा नं ५ शिख अन्तर्गत साविक शिख गाविस वडा नं १-५ का विपन्न परिवारलाई  समाजका अध्यक्ष क्या बल बहादुर तिलिजाको संयोजकत्वमा संकलित आर्थिक  सहयोगबाट सो  राहत  सामग्री सहयोग गरिएको हो  ।

साविक शिख १-५ कै निवासीहरू जुन शिखबाट पोखरा सरेर जानु भएको थियो, उहाँहरू २६० घरले अर्थ संकलन गरेर यो राहत प्याकेज ल्याउनु भएको हो। राहत प्याकेज स्वरूप ७० पोका चामल, १४० केजी चिनी, १४० केजी नुन, १४० लिटर तेल र ७० केजी मस्यौरा रहेको र उक्त राहत सामग्री समाजका अध्यक्ष तिलिजाले वडाध्यक्ष दिनेश कुमार तिलिजा र सचिव तुल वहादुर रन्तिजालाई हस्तान्तरण गर्नुभएको थियो ।

त्यसैगरी वडाध्यक्ष र सचिवले प्रत्येक टोल सुधार समितिलाई तथा जनप्रतिनिधिहरूलाई हस्तान्तरण गरी उनीहरूले विपन्न बर्गलाई बाँड्ने काम सम्पन्न भयो। वितरणमा शिख २ का टोल सुधार समितिका संयोजक निल वहादुर पुन, महिला सदस्य दिर्जु रन्तिजा, शिक्षक बेग बहादुर तिलिजा, आमा समूह अध्यक्ष मिना तिलिजा, अमर राना, गोविन गुरुङ, डिलकुमारी पाइजाले वितरण गरेका थिए भने राहत सामग्रीमा शिख -२ मा ४४ परिवार, तल्लोशिखमा २०, फलाटेमा २५, स्वाँतमा ८ र किन्दुमा १२ परिवारलाई वितरण गर्ने काम भयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार