मध्यरातमा परेको भिषण असिनापानी र बाढीले ठुलो क्षती (तस्बिर सहित )

म्याग्दी ,मंगलबार बैशाख ०२ गते । मध्यरातमा परेको भिषण असिना पानीले म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती, ३ वडा पिप्ले र ४ वडा दग्नाम क्षेत्रमा ठुलो क्षति पु¥याएको छ । करिब १ फिट सम्म परेको असिनाले गौँ, जौँ, मकै, सिमी लगायतका खाद्यबाली संगै तरकारी खेतीमा समेत ठुलो क्षति पु¥याएको हो ।

असिना पानीसंगै आएको बाढीकाे कारण केहि घरहरुमा समेत क्षति पु¥याएको गाउँपालिकाका अध्यक्ष भब बहादुर भण्डारीले जानकाररी दिनुभयो । उहाँका अनुसार वडा नं २ का दोलेन्द्र रिजालको घरमा ठुलो क्षती पु¥याएको छ भने नरसिङ बहादुर खत्री लगायत सोही वडा स्थित ठुलाथर दलित बस्तिका करिब ४० घरमा सामान्य क्षती पु¥याएको छ । ‘मध्यरातमा परेको असिना पानिले क्षती पु¥याएको बस्तीमा पुगेर क्षतीको विवरण संकलन गर्ने काम भइरहेकोछ ,’ अध्यक्ष भण्डारीले भन्नुभयो ‘प्रभावित वडामा क्षतीको विवरण संकलन गरी आजै बस्ने गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठकबाट उचित राहतको ब्यवस्था गर्नेछौं ।’

अहिले जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, गाउँपालिका अध्यक्ष भण्डारी, वडा अध्यक्ष रिम कटुवाल लगायतको टोलीले भगवती क्षेत्रमा भएको क्षतिको विवरण संकलनमा जुट्नुभएको छ ।अन्य क्षेत्रमा समेत भएको क्षतिको विवरण संकलन भैरहेको छ । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल नेतृत्वको टोली समेत प्रभावित क्षेत्रमा पुग्नुभएकाे छ । त्यसैगरि जिल्लाको मालिका गाउँपालिकाको वडा नं ७ बिम,वडा नं ५ देविस्थानको रुन्मा लगायतका क्षेत्रमा समेत असिना पानीले गौँ, जौ र सुन्तला खेतीमा क्षति पु¥याएको वडा नं ७ का अध्यक्ष रेशम जुग्जाली(सुविन)ले जानकारी दिनुभयो ।

तस्बिर ः गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजा ,केबी भण्डारी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार