काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा सवारी दुर्घटना हुँदा सिन्धुलीका दुई जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ स्थित सडकमा ना २ क ३२३ नम्बरको निसान गाडी अनियन्त्रित हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका–१ घर भएका २३ वर्षीय मनिष कार्की र सिन्धुली मरिनखोला गाउँपाल...
समाचार
-
-
वरुण हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने
काठमाडौँ । वरुण हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले बोनजस सेयर दिने निर्णय गरेको हो । वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । साथै, कम्पनीले लाभांश अनुमोदन गर्न पुस २६ गते वार्षिक साधारण सभा गर्ने निर्णय पनि...
-
होसियार ! उपभोक्ता ठगे मुद्दा
बैतडी । उपभोक्तालाई ठग्ने तथा कालोबजारी गर्ने बैतडीका व्यापारीलाई पछिल्लो समय मुद्दासमेत चलाउने गरिएको छ। खाद्य ऐन, नियम उल्लङ्घनसम्बन्धीको मुद्दा दायर गरेर कारबाही गरिन थालिएको हो। चालु आर्थिक वर्षमा चारवटा मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। उन...
-
पोखरामा एक जना लागूऔषध कारोबारी पक्राउ
पोखरा । पोखरामा एक जना लागू औषध कारोबारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौरबाट लागू औषध कारोबारीलाई समातेको हो । कास्की माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ भुर्जुङखोला घर भई हाल पोखरा नगरपालिका १९ बस्ने ३५ वर्षीय मिन बहादुर तामाङको साथबाट...
-
विराटनगरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
विराटनगर । विराटनगरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। मोरङ विराटनगर-१५ मा सोमबार बेलुका मोटरसाइकलको ठक्करबाट सोही स्थानकी ६५ वर्षीया विखियादेवी साहको मृत्यु भएको छ। प्रहरीका अनुसार सोमबार बेलुका ७ बजे मे७प ६३३२ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी साहलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। गम...
-
भन्सार छलेर भारतको कुवाडीबाट ल्याइएको २ हजार ४६० किलो चिनी बरामद
विराटनगर । प्रहरीले भारतको कुवाडीबाट अवैध रुपमा ल्याइएको २ हजार ४६० किलो चिनी बरामद गरेको छ। मोरङ प्रहरीका अनुसार मोरङ धनपालथान गाउँपालिका-४ का सुनिल राजवंशीको गोदाम अगाडिबाट सोमबार राति चिनी बरामद गरिएको हो। प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार भन्सार छलेर ल्याई राखिएको ४९ बोरा चिनी बरामद गरिएको हो। जिल्ला प्रहरी...
-
भारतबाट तस्करी गरी ल्याइएको ट्याक्टर बरामद
विराटनगर । भारतबाट तस्करी गरी ल्याइएको ट्याक्टर प्रहरीले बरामद गरेको छ। मोरङ सनवर्सी नगरपालिका-७ गुद्री चोकबाट प्रहरीले सोमबार राति ट्याक्टर बरामद गरेको हो। करिब १६ लाख रुपैयाँ पर्ने अनटेस्ट ट्याक्टर प्रहरी चौकी बरडंगाबाट खटिएको गस्ती टोलीले बरामद गरेको प्रहरीले जनाएको छ। बरामद ट्याक्टर भन्सार बुझाउने तयारी भइरहेको...
-
राप्तीमा गोही छोडियो
चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही नदीमा छाडिएको छ । हरेक वर्ष यो बेला नदीहरुमा गोही छाड्ने गरिन्छ । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार सोमबार १० वटा गोही राप्ती नदीमा छोडिएको हो । निकुञ्जको मुख्य कार्यालय कसरा नजिक नदीमा ती गोही छोडिएको हो । यस...
-
दुवै हात नभएका शिशुको जन्म
कञ्चनपुर । कञ्चनपुरको झलारीस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहमा अनौठो शिशुको जन्म भएको छ।शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका १८ वर्षीया करिना लुहारले अनौठो शिशु जन्माएकी हुन्। नवजात शिशुका दुवै हात छैनन्। पहिलो सन्तानका रुपमा जन्माइएको शिशु स्वस्थ्य रहेको शिशुका बुबा शङ्करले बताए। शिशुका दुवै हात छैनन्, उनले भने,आमा ...
-
दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
बुटवल । दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा गएराति मोटरसाइकल चालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दाडका अनुसार दाडको राप्ती गाउँपालिका वडा नं.८ बिजौरीमा भालुबाङ्गबाट लमही आउँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकिराखेको लु १ ख ७००६ नम्बरको ट्रकको पछाडी ठोक्किदा राप्ती गाउँपालिका वडा नं. ७ निवासी...
























