चन्द्रागिरिमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा सवारी दुर्घटना हुँदा सिन्धुलीका दुई जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ स्थित सडकमा ना २ क ३२३ नम्बरको निसान गाडी अनियन्त्रित हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका–१ घर भएका २३ वर्षीय मनिष कार्की र सिन्धुली मरिनखोला गाउँपालिका–७ का २४ वर्षीय मानकुमार माझी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गाडी सडकदेखि २५० मिटर तल खसेको थियो । गाडीका चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार